
Author: negosidaoffice
प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइयो
नेपाल सुनचाँदी व्यवसायी संघले प्रधानमन्त्री सुशीला कार्की समक्ष समग्र सुनचाँदी, रत्नपत्थर, कालिगड, व्यवसायी तथा सम्पुर्ण उपभोक्ताहरुले माग गरेका ऎन, नियम, मापदण्ड र कारोबार निर्देशिकाको मागको बारेका ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष महेन्द्ररत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री कार्कीलाई सुनचाँदी व्यवसाय सँग सम्बद्ध विभिन्न समस्या र समाधानका उपायहरु सम्बन्धी अध्ययन प्रतिवेदन, सुनचाँदी तथा रत्नपत्थरका गरगहना निर्माण सम्बन्धी नयाँ पाठ्यक्रम लगायतका विषयबस्तु प्रस्तुत गरेको थियो ।
प्रधानमन्त्री कार्कीले यस विषयलाई गम्भीरतापुर्वक लिनुभई यस क्षेत्रको ज्ञान, सीप, मनोवृत्ती विकासका लागि आवश्यक सुझाव सल्लाहा सहित निरन्तर साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

सुनचाँदी जाँचकी तालिम कार्यक्रम सम्पन्न
संस्थाले मिति २०८२ फागुन २४ गते देखि २०८२ चैत्र २ गतेसम्म संचालन गरेको सुनचाँदी जाँच सम्बन्धी बिशेष तालिम कार्यक्रम सम्पन्न भएको छ ।

https://www.facebook.com/reel/940488791821250
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सुनचाँदी व्यवसायी संघ तथा अध्यक्ष सम्मानित



नेपाल सरकार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले नेपाल सुनचाँदी व्यवसायी संघलाई सम्मान गरेको छ । सुनचाँदी र रत्नपत्थर सम्बन्धी Level 1 को पाठ्यक्रम निर्माण गर्ने संयोजक, बिज्ञ व्यक्तिहरुलाई सम्मान र प्रशंसा पत्र प्रदान गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघले सीप विकास तालिम पाठ्क्रम निर्माण तथा मानव संशाधन विकासमा पुर्याएको उल्लेखनीय योगदानलाई कदर गर्दै संघलाई सम्मानित गरिएको थियो । यसै क्रममा, सुनचाँदी क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयन प्रक्रियामा संयोजकको हैसियतले प्रभावकारी, प्रशंसनीय र नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदानको कदरस्वरुप नेपाल सुनचाँदी व्यवसायी संघ, केन्द्रीय कार्यालयका अध्यक्ष श्री महेन्द्र रत्न शाक्य, विज्ञ सदस्यहरु महासचिव श्री मनिष शाक्य, र बरिष्ठ प्रशासक श्री हेबेन्द्र शाक्यलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री राजेन्द्र सिंह भण्डारीज्यूबाट प्रशंसा पत्र प्रदान गरिएको छ ।
उक्त सम्मान तथा प्रशंसा पत्र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो । सुनचाँदी क्षेत्र अन्तर्गत श्रम बजारको माग अनुसार तयार गरिएको ट्रेडमा आधारित आधारभूत सिपमुलक तालिम विशेष गरी सुनचाँदी गाल्ने तथा खार्ने कालिगढ जस्ता प्राविधिक बिषयमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि तयार गरिएको पाठ्यक्रम निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनु भएको योगदानको कदरस्वरुप संस्थालाई सम्मान र बिज्ञ व्यक्तित्वहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) बाट आवश्यक सहयोग प्राप्त भै हालै मात्र Skill Test Assessor Trainer का रुपमा सुनचाँदी मुल्यांकनकर्ता (Assessor) हरु चार जना, नेपाल कै पहिलो सुनचाँदी सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने बिशेषज्ञ (Curriculum Developer Expert) का रुपमा दुई जना र प्रशिक्षक प्रशिक्षण तालिम (Training of Teacher) चार जनाले प्राप्त गरी प्रमाण पत्र समेत लिई सक्नुभएको छ ।
नेपाल सुनचाँदी व्यवसाय संघले आगामी दिनमा पनि सरकार तथा सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै सुनचाँदी क्षेत्रको सीप विकास, रोजगारी सृजना र प्राविधिक जनशक्ति उत्पादनमा थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ ।
त्यस्तै कार्यक्रममा सुनचाँदी रत्न पत्थर बजारको लागि आवश्यक मानव संशाधनका रुपमा रहेका कालिगढ, बिक्रेता, लेखापाल, कारखाना संचालक, लगानीकर्ता र उपभोक्ताहरुलाई ज्ञान, सीप र मनोबृत्ती सम्बन्धी प्रबद्र्धनात्मक कार्यक्रम संचालन गरी यस क्षेत्रलाई थप विस्तार र बिकास गर्ने प्रतिबद्धता पनि संघका अध्यक्ष श्री महेन्द्र रत्न शाक्यज्यूले आफ्नो मन्तव्यमा राख्नु भयो । यसै सन्दर्भमा नेपालको एउटा दुर्गम बेरोजगार नमूना गाउँलाई सुनचाँदी रत्न पत्थर सम्बन्धी आधार क्षेत्रको रुपमा बिकास गर्ने र यसैका लागि सुनचाँदी र रत्न पत्थर तालिमको शुभारम्भ हुन लागेको पनि उहाँले यस अवसरमा जानकारी गराउनु भयो ।
उक्त कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिका अध्यक्ष डा.श्री दिपक काफ्लेज्यूको अध्यक्षता र प्रमुख अतिथिका रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री राजेन्द्र सिंह भण्डारीज्यूको आतिथ्यतामा संचालन भएको थियो ।
संस्थाको परिचय सहित प्रशिक्षण कार्यक्रमको विस्तृत विवरण
२०५९

२०५९ साल फागुन ३० गते देखि नेपाल सुनचाँदी व्यवसायी संघ, केन्द्रीय कार्यालय अन्तर्गत नेगोसिडा प्रशिक्षण केन्द्रको स्थापना भई तालिम कार्यक्रमहरु संचालन भईरहेकोे जानकारी गराउन चाहन्छौं । तालिम प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्रशासनिक अप्ठ्याराहरु, नीति निर्माण तथा अन्य समस्याहरुको तत्काल समाधान गर्न सहज होस् भनी नेपाल सुनचाँदी व्यवसायी संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ तथा नेपाल गोल्ड सिल्भर ट्रेनिङ्ग प्रमोसन सेन्टरबाट अख्तियार प्राप्त दक्ष व्यक्तित्वहरुको प्रतिनिधि रहेको बिशेष अधिकार प्राप्त स्वायत्त प्रशिक्षण समितिको समेत गठन गरी कार्य सम्पन्न भईरहेकोछ ।
यस प्रशिक्षण केन्द्रको स्थापना संगसगै देशमा भएको विभिन्न प्राकृतिक तथा राजनैतिक परिवर्तन तथा विश्व भर फैलिएको COVID-19 को महामारीले गर्दा सुनचाँदी व्यवसाय र समग्र बजारमा कालिगढ अभाव सम्बन्धी देखिएको समस्या न्यूनिकरण गर्ने प्रयास स्वरुप नेगोसिडा तालिम केन्द्रले सुनचाँदी कालिगढ र व्यवसायीहरुको सिप विकासको लागि नेपाल सरकारको मान्यता प्राप्त प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को ८९० घण्टाको पाठ्यक्रम र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) को ३९० घण्टाको छोटो अवधिको पाठ्यक्रम तयार गरी Level 1 का कक्षाहरु तथा रत्न पत्थर पहिचान सम्बन्धी कक्षाहरु पनि संचालन गरिरहेकाछौं ।
यस तालिमबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपालमा सुनचाँदीका गरगहना बनाउने कालिगढहरु दक्ष र निपुण रुपमा निर्माण हुने र बार्षिक रुपमा बाहिरी देशमा न्युन पारिश्रमिकमा गइरहेको नेपाली कामदारहरुलाई केही मात्रामा भए पनि स्वदेशमै रोजगार उपलब्ध गराउने मुख्य उद्देश्य लिएका छौं । साथै विदेशमा काम गर्न जाने युवाहरुलाई पनि तालिम लिए पश्चात प्राप्त हुने दक्षताको प्रमाणपत्रको आधारमा राम्रा अवसरहरु पाउने अपेक्षा गरेका छौं ।
त्यस्तै प्रशिक्षक र प्रशिक्षार्थीहरुको तथ्याङ्कहरु संकलन गरी सुरक्षित राखिएको छ । यसबाट संभावित रोजगारीको अवसरको लाभ लिने गरी संस्थागत पहल भइरहेको छ । CTEVT र NAVT बाट आवश्यक सहयोग प्राप्त भै हालै मात्र CTEVT अन्तर्गत Skill Test Assessor Trainer का रुपमा सुनचाँदी मुल्यांकनकर्ताहरु चार जना, नेपाल कै पहिलो सुनचाँदी सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने बिशेषज्ञका रुपमा दुई जना र प्रशिक्षक प्रशिक्षण तालिम (ToT) दुई जनाले प्राप्त गरी प्रमाण पत्र लिई सक्नुभएको छ ।
कक्षा संचालन गर्नका लागि कागोसिडा, NGS-TPC प्रशिक्षण भवनमा सुनचाँदी सम्बन्धी प्रशिक्षण कक्षा कोठाहरु, प्रयोगशाला, स्वागत कक्ष, प्राध्यापक कक्ष, प्रयोगात्मक कक्ष, बैंठक कक्ष, पाहुना कक्ष, चमेना गृह लगायत सम्पुर्ण भौतिक पूर्वाधारहरु निर्माण सम्पन्न गरिसकेका छौं ।
सुनचाँदी तथा रत्न पत्थर प्रशिक्षण कार्यको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गरी स्वदेशी वा विदेशी विज्ञहरुलाई प्रशिक्षण केन्द्रको भवनमा आवास गृहको सुविधा सहित प्रशिक्षण कार्यक्रम संचालन गर्ने उदेश्य रहेको छ । साथै सुनचाँदी र रत्न पत्थर सम्बन्धी तालिमका लागि चाहिने अत्याधुनिक परिक्षण गर्ने मेशिनहरु सरकारी स्तरको अनुदान सहयोग वा आफ्नै सहयोगी संस्थाहरुको अनुदान सहयोगबाट प्राप्त गरि प्रशिक्षण कार्यलाई अगाडी बढाईरहेका छौं ।
काठमाडौं उपत्यकाको एउटा अबिकसित, बेरोजगार र कमजोर आर्थिक अवस्था भएको एक आधार सुनचाँदी कालिगढ, सुपरभाईजर उत्पादन गाउँ पहिचान गरी उक्त गा.वि.स./पालिकासँग समन्वय र जमानत प्राप्त गरी युवा प्रशिक्षार्थीहरु छनौट गरी पहिलो चरणमा उक्त प्रशिक्षण आधार क्षेत्रबाट बेरोजगार युवाहरुको सहभागितामा सुनचाँदी र रत्न पत्थरको अभिमुखिकरण कक्षाहरु संचालन गरिरहेका छौं ।
हाल संस्थाले कागोसिडा, NGS-TPC प्रशिक्षण भवन, कुसुमबियालाछी–२५, ठँहिटी, काठमाडौंबाट सुन जाँचकी तथा बहुमुल्य रत्न पत्थर पहिचान सम्बन्धी तालिमहरु संचालन गरिरहेका छौं । इच्छुक प्रशिक्षर्थी महानुभावहरुले संस्थाको कार्यालय अथवा आधिकारीक वेबसाइत www.negosida.org मा रहेको तालिम सम्बन्धी फाराम भरी उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछौं । २ हप्ते तालिमका लागि रु.२५,०००/- शुल्क तथा सुरक्षण जमानत बापत रु.१०,०००/- गरी जम्मा ३५,०००/- भुक्तानी गरी सहभागी हुन सक्नु हुनेछ । तालिम पश्चात सुरक्षण जमानत बापत प्रदान गरिएको रु.१०,०००/- फिर्ता भुक्तानी गरिनेछ ।
प्रशिक्षण कार्यक्रम सम्बन्धी थप जानकारी लागि संस्थाका कर्मचारीहरु श्री हेबेन्द्र शाक्य, बरिष्ठ प्रशाक वा श्री हरि शरण मगर, कार्यालय सचिवलाई फोन नं ०१–५९१४६८८, ०१–५९१९५६६, ९७६३६९३३४४ मा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सक्नु हुनेछ । प्रशिक्षण तालिममा सहभागी हुन इच्छुक सदस्य व्यवसायीहरुलाई बिशेष ग्राह्यता दिइनेछ । महिला प्रशिक्षर्थीहरुलाई २0% तथा अपाङ्गता भएका प्रशिक्षार्थीहरुलाई ५०% छुटको व्यवस्था रहेको छ । प्रशिक्षण पश्चात प्रशिक्षार्थीहरुलाई रोजगारको सुअवसुर पनि प्रदान गर्न सकिने छ ।
सुनचाँदी र रत्न पत्थर सम्बन्धी बिशेष तथ्याङ्क संकलन गरी स्वदेश तथा विदेशमा रोजगारको अवसरको लागि बिशेष पहल गरिनेछ ।
प्रशिक्षक प्रशिक्षण तालिम (ToT) कार्यक्रम सम्पन्न
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) को आयोजनामा मिति २०८२/८/८ गते देखि २०८२/८/१८ गतेसम्म १० दिने प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्राविधिक प्रशिक्षण प्रतिष्ठान (TITI), सानोठिमी, भक्तपुरको हलमा सम्पन्न भयो ।


प्रशिक्षार्थी तालिम फाराम
नेगोसिडा प्रशिक्षण केन्द्रबाट प्रदान गर्दै आइरहेको सुनचाँदी तथा रत्न पत्थर सम्बन्धी तालिमका लागि प्रशिक्षार्थीहरुले भर्नु पर्ने फारामको नमूना
फाराम भर्नका लागि आवश्यक कागजातहरु
नागरिकताको फोटोकपी
शैक्षिक प्रमाणपत्रको फोटोकपी
पासपोर्ट साइजको फोटो २ प्रति
सिफारिस गर्ने व्यक्तिको नाम

संस्थाको बडापत्र २०८२

नेपालीहरुको राष्ट्रिय सम्बत् नेपाल सम्बत् ११४६ को उपलक्ष्यमा संस्थाबाट टेवुल क्यालेण्डर प्रकाशित

२०८२ को वडा दशैं तथा शुभ दिपावली, नेपाल संबत् ११४६ र छठ पर्वको मंगलमय शुभकामना

