सुन तथा सुनका गरगहनामा २% विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३% भ्याट लगाएको विरोधमा गरिएको रिले अनसनमा ऐक्यबद्धता जनाउँदै पदाधिकारीहरु 
Month: June 2025
तालिम संचालन भैरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र)ले यहि मिति २०८२/०३/०५ देखि सुनचाँदी तथा रत्नपत्थरको नियमित तालिम संचालन सुरु गरेको छ। विगत १५ वर्षदेखि सुनचाँदी पहिचान सम्बन्धि तालिमहरु नियमित रुपमा संचालन गरिरहेको यससंघले यसपालि रत्नपत्थर पहिचान थप गरि पाठ्यक्रम तयार गरेको छ। यो तालिम अवधि १५ दिन सम्म संचालन हुनेछ।
CTEVT को मान्यता प्राप्त यो संस्थाले अझै अग्रगामी हुँदै हालै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिस्थान(NAVT) को सम्बन्धन पनि प्राप्त गरेर पाठ्यक्रम समेत तयार गरिसकेको छ। निकट भविष्यमा यो पाठ्यक्रम अनुसारको तालिम पनि शुरु हुने सहर्ष जानकारि गरादछ।
प्रशिक्षणको लागि यथाशक्य छिटाेसम्पर्क गर्नुहुन ।
असार ५ गतेदेखि नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र)ले असार ५ गतेदेखि प्रशिक्षण संचालन गर्ने भएकाले छ ।
साे तालिमकाे लागि भर्ना शुरु भैसकेकाे एवं सिमित सिटमात्र बाँकि भएकाेले
इच्छुक महानुभावहरुले यथाशक्य छिटाे नेगाेसिडा प्रशिक्षण केन्द्रमा सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।

बजेट तथा यस्ले उपभोक्ता बजारमा परेको प्रभाव विषयक अन्तरकृया
नेपाल सुनचाँदी व्येवसायी संघ(नेपाल सुनचाँदी व्येवसायी महासंघको मुख्य सस्थापक एवं जन्मदाता संस्था)ले नेपाल जस्तो खुल्ला अर्थतन्त्र अंगालेको राष्ट्रले नेपाल राष्ट्र बैकबाट बिगत १३ बर्षदेखी लगाइरहेको कोता प्रणालीलाई राष्ट्रिय लज्जाको रुपमा ब्याख्या गर्दै शुरूवातका दिन देखि बिरोध गर्दै आईरहेका थियौं।हामीहरुलाई तोकिएको/दिईएको सुनको कोता प्रणाली र बितरणमा संस्था सहभागी नभै खुल्ला अर्थतन्त्र अनुसार सुनचाँदी ऎन,नियम,कारोबार मापदण्ड निर्देशिकाको माग पनि गर्दै आएका छौ।यसै सन्दर्भमा नेपाल सरकारद्वारा आ.ब.२०८२/८३को बजेतमार्फत सुनचाँदी तथा रत्न-पत्थरका गरगहनामा बिलासिता कर२% र मुल्य अभिबृध्दी कर १३% लगाउने बारेमा नेपाली काग्रेस,आपूर्ति तथा उपभोक्ता बिभागद्वारा आयोजित यसपालीको “बजेत तथा यसले उपभोक्ता बजारमा परेको प्रभाव”बिषयक अन्तरक्रिया कार्यक्रममा संस्थाको तर्फबाट आफ्नो बिरोध तथा सुझावहरु प्रस्तुत गरेका छौ।


सुनचाँदी व्यवसायीको बिरोध र्यालि
२०८२/८३ को बजेट मार्फत थोपरिएको २% विलासीता कर र बहुमुल्य पत्थर जडित गहनामा थोपरिएको १३% भ्याट बिरुद्ध स्वतन्त्र रुपमा व्यवसायीहरु २०८२ जेष्ठ २५ गते बिरोध प्रदर्शनमा उत्रिएका छन्। व्यवसायीहरुका समस्या र नितिनियम बनाउने जिम्मेवारी पाएका ३ वटा महासंघहरु रहे पनि कुनैले पनि समयमै हालको विषम परिस्थितिको सहि सम्बोधन नगरेको र समस्या समाधानमा सकृयता नदेखिएपछि व्यवसायीहरु स्वतस्फुर्तरुपमा बिरोधमा उत्रिएका हुन्।


यद्यपि उक्त बिरोधर्यालिको आयोजना ‘नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सघर्ष समितिले गरेको थियो। उक्त समितिका संयोजक विपिन रामुदामुले बजेट मार्फत थोपरिएको उक्त कर व्यवस्था नसच्याए आगामी दिनमा अझै कडा बिरोधका कार्यक्रम गर्न बाध्यहुने र सुनचाँदीका क्षत्रमा बिद्यमान बिनानितिनियम व्यवसायीहरुलाई राज्यआतंक मचाउने कार्य बन्द गर्नु पर्ने माग गर्नु भएको थियो।
सो बिरोधर्यालि काठमाडौं मलबाट शुरु भएर न्युरोड हुँदै इन्द्रचोकमा कोणसभा गरेको थियो। महासंघहरुले आह्वान गरेको नभएपनि तिनवटै महासंघ, जिल्ला संघहरु कालिगड र नेपाल सुनचाँदी व्यवसायी संघका अधिकांश सदस्यहरु सहभागी भएर महासंघका पुर्व अध्यक्षज्युहरुले पनि संबोधन गरेका थिए।
