सुनचाँदी व्यवसायीको बिरोध र्यालि

२०८२/८३ को बजेट मार्फत थोपरिएको २% विलासीता कर र बहुमुल्य पत्थर जडित गहनामा थोपरिएको १३% भ्याट बिरुद्ध स्वतन्त्र रुपमा व्यवसायीहरु २०८२ जेष्ठ २५ गते बिरोध प्रदर्शनमा उत्रिएका छन्। व्यवसायीहरुका समस्या र नितिनियम बनाउने जिम्मेवारी पाएका ३ वटा महासंघहरु रहे पनि कुनैले पनि समयमै हालको विषम परिस्थितिको सहि सम्बोधन नगरेको र समस्या समाधानमा सकृयता नदेखिएपछि व्यवसायीहरु स्वतस्फुर्तरुपमा बिरोधमा उत्रिएका हुन्।

यद्यपि उक्त बिरोधर्यालिको आयोजना ‘नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सघर्ष समितिले गरेको थियो। उक्त समितिका संयोजक विपिन रामुदामुले बजेट मार्फत थोपरिएको उक्त कर व्यवस्था नसच्याए आगामी दिनमा अझै कडा बिरोधका कार्यक्रम गर्न बाध्यहुने र सुनचाँदीका क्षत्रमा बिद्यमान बिनानितिनियम व्यवसायीहरुलाई राज्यआतंक मचाउने कार्य बन्द गर्नु पर्ने माग गर्नु भएको थियो।

सो बिरोधर्यालि काठमाडौं मलबाट शुरु भएर न्युरोड हुँदै इन्द्रचोकमा कोणसभा गरेको थियो। महासंघहरुले आह्वान गरेको नभएपनि तिनवटै महासंघ, जिल्ला संघहरु कालिगड र नेपाल सुनचाँदी व्यवसायी संघका अधिकांश सदस्यहरु सहभागी भएर महासंघका पुर्व अध्यक्षज्युहरुले पनि संबोधन गरेका थिए।

नेपाल सुनचाँदि व्यवसायी संघ मकवानपुर जिल्ला अध्यक्ष ज्यु सङ्ग भेटघाट कार्यक्रम

वरिष्ठ कानुनविद श्री रमन श्रेष्ठ ज्यु सङ्ग हालको विषम परिस्थिति सम्बन्धि कानुनी परामर्ष गर्दै।

नेपालको सुन चाँदि व्यवसायमा आएका सम्स्याहरुको बारेमा उप प्रधानमन्त्रि प्रकाशमान सिंह ज्युलाई जानकारि गराउदै।

सत्य मोहन जोशी ज्युको शुभकामना सन्देश

नेपालको सामाजिक जीवन र संस्कृति संग सम्बन्धित रहेको सुनचाँदी र बहुमूल्य पत्थरहरुको कारोवारनले यस क्षेत्रमा लागेका परम्परागत कालिगढ़, व्यवसायी र उपभोक्ताहरुलाई लाभ पुन्याउनुको अतिरिक्त राष्ट्रको लागि राजस्वमा समेत उल्येख्य टेवा प्रदान गर्दै आएको छ। अतः नेपाली कला, संस्कृक्ति र सम्पदासंग अत्यन्त नजिक भएर विकास भाएकाे र परापूर्वकालदेखि समाजको अभिन्न अङ्गको रुपमा कार्यरत यस पेशा व्यवसायमा संलग्न व्यवसायीहरुको अभिभावकिय रुपमा स्थापना भएकाे नेपाल सुनचाँदी व्यवसायी संघ र त्यसपछिका संघ, महासंघहरुको क्रियाशीलता उल्लेखनी रुपमा प्रसंसनिय रहेको छ।
त्यसैले सुनचांदी, रत्न, आभुषण र सोबाट निर्मित गरगहनाले “समृद्ध नेपाल र सुखी नेपाली” समाज निर्माण गर्ने कार्यमा सुनचांदी व्यवसायीहरुको पनि ठूलो योगदान र भूमिका हुने गर्दछ। तसर्थ नेपालको स्थानीय श्रम र सीपमा आधारित साना तथा घरेलु उद्योग, हस्तकला र यससम्बन्धी व्यवसायको विकास विस्तारमा नीजि क्षेत्रले सयुक्त रुपमा हातेमालो गर्दै हाम्रो कला, संस्कृति र गरगहनासम्बन्धी सम्पदासमेतलाई आगामी दिनहरुमा व्यवसायहरु अगाडी बढने सन्दर्भलाई निरन्तरता पाउने कुरामा म विश्वस्त छु ।

यसै सन्दर्भमा काठमाडौ सुनचाँदी व्यवसायी संघको भवन समुद्घाटन तथा १६ औ साधारण सभाको शुर अवसरमा ‘स्वर्ण सम्झना भाग ३” मुखपत्रको प्रकाशनले यस क्षेत्रको व्यवसायी हकहित र ऐक्यबद्धताको दिशामा सच अगाडि बढ्न प्रेरणा प्राप्त होस् भन्ने कामनासहित संघको उत्तरोत्तर सफलताको लागि हार्दिक शुभकामना बल गर्दछु।