Weekly Chart
Gold Rate for last 7 days
Silver Rate for last 7 days
per 1 Tola
NRs 299500 /-
per 1 Tola
NRs 274345 /-
per 1 Tola
NRs 4625 /-
Per 10 Gram
NRs 256775 /-
per 10 Gram
NRs 235205 /-
per 10 Gram
NRs 3965 /-Gold Rate for last 7 days
Silver Rate for last 7 days
यो देशभरका सुनचाँदी व्यवसायीहरुका हकहित, अधिकार, व्यवसाय सुरक्षाहेतु देशभरकै सुनचाँदी व्यवसायी हरुलाई संगठित गर्ने स्वर्ण ईतिहास बोकेको पहिलो र नेपाल सुन व्यवसायी महासंघ जन्माउने मुख्य संस्थापक संस्था हो। पंचायती व्यवस्थामा संघ संगठन बनाउनु फलामको चिउरा चपाउनु जतिक्कै गार्हो थियो, अपितु सुनचाँदी ऐनको अभाव, प्रहरिप्रशासनले गर्ने ज्यादति, चोरि- डकैती , व्यवसायीको जिउ-धनको सुरक्षा जस्ता समस्या समाधान गर्न काठमाडौंका जागृत , निडर र जाँगरिला केही व्यवसायीहरुले संगठनको आवश्यकता देखे । तत्कालिन रुपमा श्री धर्मवीर शाक्य, श्नी जितेन्द्र लाल श्रेष्ठ,श्री तेज रत्न शाक्य,श्री निरन्जन रत्न शाक्य आदी सकृय रुपमा लागिपर्ने अग्रज व्यवसायी हुन् । व्यवसायीहरुलाई जागरण गर्ने लगायत तन मन धनले अहोरात्र लागेको फलस्वरुप २०४४ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ स्थापना भयो। तत्कालीन अवस्थामा त्रासदिपुर्ण रुपमा विभिन्न समस्याहरुको सामना गर्दै आफ्नो कला, सीप र संस्कृति बचाउँदै व्यवसाय चलाइरहेका सम्पुर्ण व्यवसायी यो संस्थाको स्थापनासँगै अत्यन्त उत्साह र आशाका साथ चुम्बकले फलाम खिँचेझै यस संस्थामा समाहित भए।
तसर्थ यो संस्थाले अत्यन्त छिटो आफ्नो संगठन काठमाडौं उपत्यका लगायत देशभर जिल्ला संगठन विस्तार गर्न सफल भयो। आफ्नो उद्यश्य अनुरुप धेरै हदसम्म यो संस्थाले सफलता प्राप्त गर्यो। तर देशको राजनितिक व्यवस्था परिवर्तन तथा तरल राजनितिक वातावरणमा आफ्ना प्रमुख लक्ष सुनचाँदी ऐन ल्याउने र व्यवसायीका भैपरि आउने विविध समस्याहरुलाई अझै प्रभावकारि कार्यान्वयन गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघ गठन गर्नुपर्ने आवश्यकता महसुस भयो, आफ्ना निपुण र दरिलो नेतृत्वका कारण छोटो अवधिमै नेपाल सुनचाँदी व्यवसायी महासंघ स्थापना पनि भयो। त्यस पश्चात सो महासंघको विशिष्ट सदस्य १(क)का रुपमा नेपाल सुनचाँदी व्यवसायी संघले नेपालमा सुनचाँदी व्यवसाय गर्न चाहिने कालिगड उत्पादन गर्ने विशुद्ध सामाजिक उदेश्यका साथ सिटिईभिटी मान्यता प्राप्त तालिमहरु संचालन गर्दै आइरहेको छ।
यद्यपि यो संस्थाका ४४ जिल्ला संगठन र १०६० सकृय सदस्यहरु अझै छन् र हाल सुनचाँदी सम्बन्धि धेरैवटा संघ महासंघहरु रहेपनि कुनैले पनि व्यवसायीका समस्याहरु समाधान गर्न नसकेको र सुनचाँदी ऐन पनि हालसम्म ल्याउन नसकेको, नयाँ नयाँ समस्याहरुले घेरिएर हाल इतिहासकै चरम, रुग्न व्यावसायिक वातावरण सिर्जना भएको अवस्थामा यो संस्थाको भुमिका फेरिपनि घनिभुत रुपमा बढ्दै गैरहेको छ।