सत्य मोहन जोशी ज्युको शुभकामना सन्देश

February 25, 2025
सत्य मोहन जोशी ज्युको शुभकामना सन्देश

नेपालको सामाजिक जीवन र संस्कृति संग सम्बन्धित रहेको सुनचाँदी र बहुमूल्य पत्थरहरुको कारोवारनले यस क्षेत्रमा लागेका परम्परागत कालिगढ़, व्यवसायी र उपभोक्ताहरुलाई लाभ पुन्याउनुको अतिरिक्त राष्ट्रको लागि राजस्वमा समेत उल्येख्य टेवा प्रदान गर्दै आएको छ। अतः नेपाली कला, संस्कृक्ति र सम्पदासंग अत्यन्त नजिक भएर विकास भाएकाे र परापूर्वकालदेखि समाजको अभिन्न अङ्गको रुपमा कार्यरत यस पेशा व्यवसायमा संलग्न व्यवसायीहरुको अभिभावकिय रुपमा स्थापना भएकाे नेपाल सुनचाँदी व्यवसायी संघ र त्यसपछिका संघ, महासंघहरुको क्रियाशीलता उल्लेखनी रुपमा प्रसंसनिय रहेको छ।
त्यसैले सुनचांदी, रत्न, आभुषण र सोबाट निर्मित गरगहनाले “समृद्ध नेपाल र सुखी नेपाली” समाज निर्माण गर्ने कार्यमा सुनचांदी व्यवसायीहरुको पनि ठूलो योगदान र भूमिका हुने गर्दछ। तसर्थ नेपालको स्थानीय श्रम र सीपमा आधारित साना तथा घरेलु उद्योग, हस्तकला र यससम्बन्धी व्यवसायको विकास विस्तारमा नीजि क्षेत्रले सयुक्त रुपमा हातेमालो गर्दै हाम्रो कला, संस्कृति र गरगहनासम्बन्धी सम्पदासमेतलाई आगामी दिनहरुमा व्यवसायहरु अगाडी बढने सन्दर्भलाई निरन्तरता पाउने कुरामा म विश्वस्त छु ।

यसै सन्दर्भमा काठमाडौ सुनचाँदी व्यवसायी संघको भवन समुद्घाटन तथा १६ औ साधारण सभाको शुर अवसरमा ‘स्वर्ण सम्झना भाग ३” मुखपत्रको प्रकाशनले यस क्षेत्रको व्यवसायी हकहित र ऐक्यबद्धताको दिशामा सच अगाडि बढ्न प्रेरणा प्राप्त होस् भन्ने कामनासहित संघको उत्तरोत्तर सफलताको लागि हार्दिक शुभकामना बल गर्दछु।