सुनचाँदी व्यवसायीको बिरोध र्यालि

June 9, 2025
सुनचाँदी व्यवसायीको बिरोध र्यालि

२०८२/८३ को बजेट मार्फत थोपरिएको २% विलासीता कर र बहुमुल्य पत्थर जडित गहनामा थोपरिएको १३% भ्याट बिरुद्ध स्वतन्त्र रुपमा व्यवसायीहरु २०८२ जेष्ठ २५ गते बिरोध प्रदर्शनमा उत्रिएका छन्। व्यवसायीहरुका समस्या र नितिनियम बनाउने जिम्मेवारी पाएका ३ वटा महासंघहरु रहे पनि कुनैले पनि समयमै हालको विषम परिस्थितिको सहि सम्बोधन नगरेको र समस्या समाधानमा सकृयता नदेखिएपछि व्यवसायीहरु स्वतस्फुर्तरुपमा बिरोधमा उत्रिएका हुन्।

यद्यपि उक्त बिरोधर्यालिको आयोजना ‘नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सघर्ष समितिले गरेको थियो। उक्त समितिका संयोजक विपिन रामुदामुले बजेट मार्फत थोपरिएको उक्त कर व्यवस्था नसच्याए आगामी दिनमा अझै कडा बिरोधका कार्यक्रम गर्न बाध्यहुने र सुनचाँदीका क्षत्रमा बिद्यमान बिनानितिनियम व्यवसायीहरुलाई राज्यआतंक मचाउने कार्य बन्द गर्नु पर्ने माग गर्नु भएको थियो।

सो बिरोधर्यालि काठमाडौं मलबाट शुरु भएर न्युरोड हुँदै इन्द्रचोकमा कोणसभा गरेको थियो। महासंघहरुले आह्वान गरेको नभएपनि तिनवटै महासंघ, जिल्ला संघहरु कालिगड र नेपाल सुनचाँदी व्यवसायी संघका अधिकांश सदस्यहरु सहभागी भएर महासंघका पुर्व अध्यक्षज्युहरुले पनि संबोधन गरेका थिए।