नेपाल सुनचाँदी व्यवसायी संघ (केन्द्रीय कार्यालय) को मिति २०८२ श्रावण १७ गते शनिवारका दिन ३३औं र ३४औं बार्षिक साधारण सभा तथा बिशेष छलफल सहितको मनोरञ्जनात्मक बनभोज कार्यक्रम टौदह ब्याङक्वेट एण्ड रेष्टुरेन्ट, किर्तिपुर न.पा.–६, टौदह, किर्तिपुरमा सभ्य तथा भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा बार्षिक प्रतिवेदन, कार्य योजना तथा आर्थिक प्रतिवेदनहरु छलफल गरी पारित गर्ने प्रमुख एजेन्डा भएपनि उपस्थित विज्ञ, बिशिष्ट व्यवसायी, कानूनबिदज्यूहरुले यस क्षेत्रमा आएको बिषम परिस्थितिमा महासंघहरुले बस्तुगत रुपमा गहन भुमिका खेल्न नसकिरहेको अवस्थामा नेपाल सुनचाँदी व्यवसायी संघ, केन्द्रीय कार्यालयले आगामी दिनमा गर्न सक्ने र खेल्नुपर्ने भुमिका तथा आम व्यवसायीले यस संघ प्रति आशा गरिरहेको बिषयहरुका बारेमा समेत गहन छलफल भएको थियो ।
माननीय श्री मिन बहादुर विश्वकर्मा, पूर्व उद्योग तथा बाणिज्य मन्त्रीको प्रमुख आतिथ्य तथा माननीय श्री शैलेन्द्र बज्राचार्य, पूर्व प्रदेश मन्त्रीज्यू विशिष्ट अतिथि, माननीय सभासद् श्री कृष्ण गोपाल श्रेष्ठज्यू, माननीय सभासद् श्री रणेन्द्र बराइृलीज्यूहरु अथितिको रुपमा उपस्थित उक्त बार्षिक साधारण सभामा अन्य अथिति वर्गहरु सहित नेपाल रत्न–आभुषण महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति, नेवाः दे दबुः लगायतका संस्थाहरुको प्रतिनिधिहरु, सल्लाहकारज्युहरु, जिल्लारनगर सदस्यहरु, देशभरका सुनचाँदी प्रतिनिधि, महिला समुह, युवा समुहहरुको उपस्थिति रहेको थियो ।
बार्षिक साधारण सभाले आ.ब.२०८०/०८१ र आ.ब.२०८१/०८२ को अध्यध्यज्यूले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति प्रतिवेदन तथा कार्य योजना, महासचिवज्यूको प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन र कोषाध्यक्षज्यूले प्रस्तुत गर्नु भएको वित्तीय प्रतिवेदनहरुलाई सर्वसम्मतिबाट पारित गरिएको थियो ।
कार्यक्रममा नेगोसिडा प्रशिक्षण केन्द्रमा तालिम प्राप्त गरेका प्रशिक्षार्थी विद्यार्थीहरुलाई प्रमखु अतिथि माननीय श्री मिन बहादुर विश्वकमाज्यूले प्रशिक्षण प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने सभाका सभापति तथा नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्री महेन्द्र रत्न शाक्यज्यूले अतिथिज्यूहरुलाई मायाको चिनो प्रदान गरी कार्यक्रम सम्पन्न भएको थियो ।
साथै बिहानीको सत्रमा नेपाल सुनचाँदी रत्नपत्थर प्रशिक्षण प्रवर्द्धन केन्द्र NGS-TPC (प्रशिक्षण व्यवस्थापन संस्था) को पाँचौ वार्षिक साधारणसभा समेत सम्पन्न भएको थियो ।

