नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र)ले राष्ट्रिय रुपमा प्रशिक्षण संचालन गर्दै ।

March 12, 2025
नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र)ले राष्ट्रिय रुपमा प्रशिक्षण संचालन गर्दै ।

नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र)ले कालीगढ उत्पादन गरि स्वदेशी युवालाई दक्ष जनशक्ति बनाएर रोजगारि समेत दिलाउने र आवश्यक कामदारको आपुर्ति गरेर आत्मनिर्भर बन्नको लागि,नियमित रुपमा सुनचाँदी जाँचकी र गर-गहना बनाउने प्रशिक्षण संचालन गर्दै आइरहेको सर्बविदितै छ। यो संस्थाले लेबल १ को पाठ्यक्रम समेत तयार गरेर नेपालमै सर्बप्रथम CTEVT मा सम्बन्धन गरेर स्तरिय तालिमहरु संचालन गरिरहेको छ।
यहि क्रममा यो संस्थाले अझै अग्रगामी कदमका साथ यहि मिति २०८१/११/२६-२७ मा सम्पन्न भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा राष्ट्रिय  व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) सँग छोटो अवधिका(६महिना भन्दा कम अवधिका) पाठ्यक्रम तयार गरेर सुनचाँदी क्षत्रमा बिदेशी कामदारलाई न्युनतम बिन्दुमा ल्याउने र स्वदेशी कामदारलाई कार्यस्थलमै सीप तालिम पछि रोजगार समेत सिर्जना गर्ने परियोजना  यस संस्थाको तर्फबाट अध्यक्ष(श्री महेन्द्र रत्न शाक्य)ज्यु बाट सम्मेलनमा प्रस्तुत गरियो। देशको बेरोजगारी कम गर्ने नेपाल सरकारको उदेश्यलाई हातेमालो गर्ने जमर्को यो संस्थाले गरेको छ। यद्यपि  बिद्यमान परिस्थितिमा यो निक्कै चुनौतिपुर्ण कार्य हो, तैपनि उच्चमनोबलका साथ  विशुद्ध समाजसेवा र देशसेवाको कार्य नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र)ले सहृदयताका साथ सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्दै जाने लक्ष लिएको छ ।
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन-२०८१ नेपाल सरकारको बहुआयामिक र महत्वाकांक्षी परियोजना हो।
सो सम्मेलनले आगामी १० वर्षमा बैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै रोजगारी र सामाजिक सुरक्षा समेतको व्यवस्था गरि १६ बुंदे घोषणापत्र जारि गरेर सम्पन्न भएको थियो।
सम्माननिय प्रधानमन्त्री के पि ओलिज्युले समुदघाटन गरेर होटल याक एण्ड यतिमा संचालन भएको सो दुइदिने सम्मेलन श्रम रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालयको आयोजनामा माननीय श्रम तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारी र माननीय वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी ज्युको प्रमुख आतिथ्य अनि सम्बन्धित मन्त्रालयका सचिवज्युहरु , मुख्य सचिवज्युको उपस्थितिमा कान्तिपुर टिभीको प्रत्यक्ष प्रसारण र जुम मिटिङ मार्फत देश बिदेशबाट लाखौं दर्शकको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको थियो। जस्मा सह-आयोजक नेसुचाव्य संघ लगायत १७ वटा विभिन्न पेशा व्यवसायी संघ महासंघहरुले सम्झौता(MOU) गरेकाथिए।