नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र) को ३३तथा३४औं वर्षिक साधारण सभा यहि ने.सं.११४५ गुँलाथ्व अष्टमी तदअनुसार मिति २०८२/४/१७ गते शनिवार टौडह बैंक्वेट तथा रेष्टुरेन्ट , टौडहमा हुने भएको छ। यस संघका नविकरण गर्न बाँकि सदस्यज्युहरुलाई समयमै सदस्यता नविकरण गरि सधारण सभामा उपस्थिती जनाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
हालैको विलासिता कर तथा भ्याट लगायत विविध समस्याहरुको कारणले इतिहासकै विषम तथा जीवयान्त परिस्थितिमा महासंघहरुको अदुरदर्शि अपुर्ण र असक्षम नेतृत्वको कारणले सम्पुर्ण व्यवसायीहरुलाई थप दासत्व तर्फ धकेलि, स्वच्छ व्यावसायीक वातावरण भत्काएर अपराधिकरण तर्फ लम्काउने र असल व्यवसायीहरुलाई पलायन गराउने हालैका जटिल अवस्थामा आशाको किरण स्वरुप रहेको यो संस्थाको दुईवर्षको वार्षिक साधारणसभा सभ्य तथा भव्य रुपमा हुन गैरहेको छ।
२०५५ सालमा यहि संस्थाको सशक्त र दुरदर्शि नेतृत्वमा यस्तै १३% भ्याट आन्दोलन सफल गरेर लागू भैसकेको भ्याटलाई खारेज गरेको थियो।
तर यसपालि देशभरिका व्यवसायीहरुको अभुतपुर्वसाथ रहदारहदै आन्दोलन विचैमा तुहाएर २% विलासिता र १३% भ्याट लगाउने तथा सुन तथा अझ चाँदीमा समेट सिन्डिकेट लगाउने चलखेल भैरहेको छ।
यो साधारण सभामा सम्पुर्ण पुर्व विशिष्ट अध्यक्षज्युहरु सल्लाहकारज्युहरुको उपस्थिति हुने भएको छ। तसर्थ सम्पुर्ण व्यवसायीहरुलाई पुन: गोलबन्द गर्ने उद्यश्यका साथ सम्पन्न हुनलागेको यो साधारणसभा विशिष्ट र महत्वपुर्ण हुने भएकोले सम्पुर्ण सदस्यहरुलाई आमन्त्रण गरिन्छ।