क्याम्बाेडीया भ्रमण

May 30, 2025
क्याम्बाेडीया भ्रमण

क्याम्बोडिया जेम्स एण्ड ज्वेलरि ट्रेडर्स एसोसियसनकाे मैत्रिपुर्ण निमन्त्रणामा नेपाल सुनचाँदी व्यवसायी संघ( केन्द्र)ले 2025 may 15-18 सम्म आयोजित १६ औं क्याम्बोडिया अन्तरराष्ट्रिय जेम्स एण्ड ज्वेलरि फेयरमा सहभागि भयो। उक्त कार्यक्रम क्याम्बाेडीयाकाे राजधानी न्हाेन्फे (Phnom penh) मा भएकाे थियाे ।
क्याम्बोडियाका उप-प्रधानमन्त्री Sok Chenda Sophea को प्रमुख आतिथ्यमा संचालित उक्त फेयरमा क्याम्बोडिया जेम्स एण्ड ज्वेलरि ट्रेडर्स एसोसिएसनका अध्यक्ष Nheth Sreyoum ले स्वागत भाषण गर्नु भएको थियो। नेपाल लगायत मलेशिया, थाइल्यान्ड , जापान, भियतनाम , इन्दिया, हङकङ आदि देशका प्रतिनिधिहरुले उक्त कार्यक्रममा भाग लिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघको तर्फबाट अध्यक्ष श्री महेन्द्र रत्न शाक्यज्युकाे नेतृत्वमा सह-सचिव श्री अष्ट राज शाक्य, सह कोशाध्यक्ष श्री उमेश शाक्य, कार्यकारि सदस्य श्री कृष्णगोपाल श्रेष्ठले उक्त कार्यक्रममा  सहभागि हुनुभयो। साथै आयोजक संस्थाको विशेष निमन्त्रणामा यस संस्थाका पदाधिकारिहरुका अर्धांगिनीज्युहरुले पनि कार्यक्रममा सकृयताकासाथ भाग लिनुभयो।
नेपाल सुनचाँदी व्यवसायी संघको तर्फबाट श्री महेन्द्र रत्न शाक्यले सभालाई सम्बोधन गर्नुभएको थियो।आशियान मुलुकहरुको सुनचाँदी तथा रत्न व्यवसायीहरुको आपसि सम्बन्ध सुमधुर बनाएर गहना बनाउने तालिम, रत्न पत्थरहरुको कटिङ र आपसि व्यवसाय प्रवर्धन गर्ने प्रमुख लक्षका साथसाथै क्याम्बोडियाले विदेशि पर्यतक प्रवर्धनको पनि लक्ष लिएको देखिन्छ।
पहिलो दिन सम्पुर्ण आमन्त्रित पाहुनाहरुबाट सामुहिक रुपमा रिबन काटेर समुदघाटन, दोश्रो दिन आमन्त्रित पाहुनालाई सिटिटुर र बेलुका आमन्त्रित पाहुनाहरुले सम्बोधन भाषण र अन्तिमदिन फेसन शो गरेर उक्त कार्यक्रम समापन गरिएको थियो।

  1. नेपाली महिला सहभागिहरुका आकर्षक पहिरणका कारण वहाँहरुलाई क्याम्बोडियाको राष्ट्रिय टेलिभिजनले महत्वकासाथ प्रसारणगरेको थियो अनि फेशन शोमा र्याम्पमा प्रस्तुतिकरण दिने मोडल लगायत सम्पुर्ण आयोजक, आमन्त्रित सदस्य लगायत सम्पुर्ण सहभागिहरुले कार्यक्रम भरि नेपालबाट प्रतिनिधित्व गर्ने महिला सहभागिहरुको ठेत नेवारि पहिरण हाकु पातासिको प्रसंसा गर्नुकासाथै फोटो खिच्न आग्रह गरेका थिए।
    नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र)को गत वर्ष भारत र यसवर्ष काम्बोडिया भ्रमणले यस संस्थाको अन्तर्राष्ट्रिय सम्बन्ध थप मजबुत बन्दै गैरहेको छ, नेपालमै पहिलोचोटि सिटिइभिटी सम्बन्धन लिएको र निकट भविष्यमै राष्ट्रिय प्रशिक्षण प्रतिस्थान (NAVT) सँगको MOU अनुसार पाठ्यक्रम तयार गरि राष्ट्रिय रुपमा मान्यता प्राप्त तालिमहरु संचालन गर्ने जमर्को गरिरहेको यो संस्थाको गरिमा यसपल्टको क्याम्बोडिया भ्रमणले झन उच्च बन्दै गैरहेको स्पष्ट छ।